अपडेट : सिन्धुपालचोकको पहिरोमा ६ जनाको शब फेला, २४ जना बेपत्ता


ब्युटी न्युज नेपाल
काठमाडौं, २८भदौ

 सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरो जाँदा हाल २४ जना बेपत्ता भएका छन् । अहिलेसम्ममा सो बाढी पहिरोबाट मृतक हुनेको सँख्य ६ जना पुगेको छ । स्थानीय र सुरक्षाकर्मीले खोजी जारी गरेका छन् । जसमा ६ जनाको शब फेला परेको हो ।

एकै रातमा सिंगै गाउँ चिहानमा परिणत भएको छ । अरनीको राजमार्गको बसेरीबाट एक घन्टाको दुरीमा रहेको छ । घुम्थाङ नागपुजेमा आएको पहिरोले नापुले गाउँको गाउँका १२ घर बगाएको छ भने अरु ७ घरमा क्षती पुर्याएको छ ।

राती बाढी पहिरो आएपछि भागेर ज्यान बचाएका हरु अब कहाँ बस्ने के खान्ने भन्ने चिन्तामा छन् । पहिरोमा हराएका आफन्तलाई कसरी खोज्ने भन्ने अर्को चिन्ता यथाबत नै छ । जिउँदाको उद्धार तथा व्यबस्थापन र हराएकाहरुको खोजीमा सुरक्षाकर्मी तथा स्थानीय निकाय जुटेका छन् । थप क्षतीको विवरण आउन बाँकी छ ।