आत्महत्या रोक्न प्रेरित गर्ने गीत ल्याए राजसागरले


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ भाद्र

पाईँदैन मुक्ति जीवन संघर्षदेखि भागेर
आफ्नै मनको अन्तरद्धन्द्ध देखि तर्सेर

आज १० सेप्टेम्बर अर्थात विश्व आत्महत्या रोकथाम दिवस । यही दिवसको अबसर पारेर चर्चित युवा गायक तथा संगीतकार राज सागरले नयाँ गीत पाईँदैन मुक्ति…को लिरिकल भिडियो बजारमा ल्याएका छन् ।

नेपालमा कोरोना सँक्रमणको महामारी फैलिएसँगै आत्महत्य गर्ने क्रमपनि बढेपछि आफुले यो गीत तयार गरेर भिडियो बजारमा ल्याएको राजले बताएका छन् । गीत निकै मार्मिक बनेको छ । यो गीतले मानिसलाई नयाँ जीबन बाँच्न प्रेरित गर्ने विश्वास राजको छ । गीतमा जीवनको महत्व दर्शाउने प्रयास गरिएको छ ।

यो गीतमा संगीत पनि राज सागरले गरेका हुन् । यो गीतलाई कृष्णबहादुर थापाले लेखेका हुन् । यो गीतको संगीत संयोजन उदयराज पौडेलको हो । चन्द्र चौधरीले संगीत मिश्रण गरेको यो गीतलाई भ्वाईस अफ नेपाल स्टुडियो डिल्लीबजारमा रेकर्ड गरिएको हो ।

गीतको लिरिकल भिडियो बोन प्रोडक्सनको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।