आज १२४६ जनामा कोरोना, सँक्रमित ५० हजार नाघे 


ब्युटी न्युज नेपाल

काठमाडौं, २५ भदौ 

नेपालमा आज बिहिबार  १ हजार २४६ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा गरिएको ११ हजार १४४ जनाको परिक्षणमा १ हजार २४६ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै नेपालमा सँक्रमित ५० हजार नाघेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको पनि डा. गौतमले बताए । यस्तै  पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ५७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

काठमाडौंमा कात्रै ४९५ जना संक्रमण देखिएको छ भने ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आज १४ हजार ४४८ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए । आज विभिन्न जिल्लामा गरी १ हजार ८१८ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ३५ हजार ७०० पुगेका छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ५ हजार ८०६ जना रहेको पनि डा. गौतमले बताए ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१७ पुगेको छ ।