ल्याए डा. डिआरले २८८ लाईनको एउटै गीतको भिडियो


ब्युटी न्युज नेपाल

काठमाडौं, २३ भदौ

एउटै गीत २८८ लाईनको हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर नेपाली गीतकार डा. हिआर उपाध्यायले २८८ लाईनको गीत लेखेर रेकर्ड गरेर विश्व कीर्तिमानी कायम गर्दै चर्चा बटुलिसकेका छन् । गीत लेखेरै विश्व कीर्तिमानी कायम गरेका गीतकार डा. डी.आर. उपाध्यायको फेरी केही फरक शैलीको नयाँ गीत कर्तव्य बोध लिरिकल भिडियोको रुपमा दर्शकमाझ आएको छ । उनले यो भिडियो मँगलबार रिलिज गरेका हुन् ।

यो गीत २८८ लाईनको रहेको छ । यो गीतले समेत गत महिना विश्व रेकर्ड कायम गरेको थियो । सोही गीतलाई उनले यतीबेला लिरिकल भिडियोको रुपमा आफ्नो च्यानल डिआर म्युजिक क्रियसनबाट रिलिज गरेका छन् ।

यो गीतमा नारी पुरुष एक अर्काले गर्नुपर्ने पाँच कुरा – माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ । सन्तोष श्रेष्ठको सङ्गीत रहेको यस गीतमा सागर अधिकारी ‘शरद’ र तृप्ती खड्काको स्वर रहेको छ ।

डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा बिभिन्न ३२ विश्व रेकर्ड रेकर्ड कायम गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित बिभिन्न ३२ विधामा उपाध्यले विश्व रेकर्डका प्रमाणपत्रहरु प्राप्त गरेका हुन् ।

यसैगरी गीतकार उपाध्यायले चाडपर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत लेखेका छन् । त्यस्तै उनका मेजर स्केल र माइनर स्केलका साथै सेभन्थ कड्सका गीतहरु समेत रहेका छन् ।

उनका २३ एल्बममा रहेका गीतमा मायाप्रेम, रोमान्स र विछोडका भाव मात्र नभएर समाजका लागि लेखिएका गीत पनि समावेश छन् । उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् ।