चलचित्र लेखक निर्देशक छेतनको निधन 


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौ

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङ अब हामी माझ रहेनन् । उनको ४२ वर्षको उमेरमा बुधबार बिहान २ बजे काठमाडौंको महाराजगंजस्थित मेट्रो अस्पतालमा उनको निधन भएको छ । उनको उपचारको क्रममा निधन भएको हो । उनी २ माघ २०३५ सालमा मनाङमा जन्मिएका थिए ।

निर्माता तथा कलाकार सन्तोष सेनका अनुसार लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

उनी सन्तोष सेनसँगै ६ महिना यताबाट नयाँ फिल्म हुतुतु…को तयारीमा व्यस्त थिए । सेनसँगै उनले यस अघि फिल्म प्रेमगीत ३ को संयुक्त निर्देशन गरेका थिए । सो फिल्म प्रदर्शन हुन बाँकी छ ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्रको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङ चलचित्र ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा लागेका थिए ।