गीतकार उन्नती बोहरा शिलालाई मातृशोक  


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ भदौ

अग्रज गीतकार तथा प्राज्ञ उन्नती बोहरा शीलालाई मातृशोक परेको छ । गीतकार शीलाकी माता पुष्पावती बुढामगरको मँगलबार बिहान ८७ वर्षको उमेरमा असामयिक निधन भएको हो ।

दिवँगत बुढामगर केही समय यताबाट महुमेह र उच्च रक्तचापबाट पीडित थिईन् । लतिलपुरको बागडोल स्थित आफ्नै बासस्थानमा आमाको निधन भएको प्राज्ञ शिलाले बताएकी छिन् । दिवँगत बुढामगरका उन्नती सहित ३ छोरी र २ छोरा छन् । बुढामगरको मँगलबार दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

गीतकार बोहरा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का ट्रस्टी एवं अनेसास नेपालका सल्लाहकार तथा शंकर लामिछाने प्रतिष्ठानका उपाध्यक्ष, महिला गीतकार संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक वरिष्ठ गीतकार तथा प्राज्ञ हुन् ।