ब्युटी न्युज नेपाल
काठमाडौं, २३ भदौ

कोरोना कहरले गर्दा तीनसाता देखि नियमित निषेधाज्ञाका कारण सबैको जीवन असहज भएको छ। कला, व्यापार, व्यवसाय सबै रोकिन पुगेको छ । अत्यावश्यक सेवाबाहेक अन्य सेवा तथा काम कारवाही ठप्प प्रायः बन्न पुगेको
छ। यो कठिन परिस्थितिलाई पनि कतिपयले सहज बनाउने प्रयास गर्दै आएका छन्।

यसै क्रममा कलाकर्मी रमेश श्रेष्ठले खाना डेलिभरी सेवा शुरु गरी जनजीवनलाई सहज तुल्याउने कोशिष गरेका छन्। लामो समयदेखि सामाखुशीमा संगीत र नृत्यसम्बन्धी प्रशिक्षण दिँदै आएको निर्भाना कला केन्द्रको अध्यक्ष रहेका रमेशले राजधानीको गोंगबु चोकमा निकोलस हस्पिटालिटी सर्भिसेज प्रालिमार्फत यो सेवा शुरु गरेका हुन्। ट्राभल एण्ड टुर्स र वैदेशिक रोजगार व्यवसायी यमबहादुर बुढाथोकीले ४ वर्षदेखि होटल तालिम प्रदान गर्ने संस्थाका रुपमा सञ्चालन गर्दै आएको निकोलस हस्पिटालिटी सर्भिसेज प्रालिमार्फत उनले यो सेवा शुरु गरेका हुन्। वेटर, बार टेन्डर, बारिष्टा, कुक, हेल्पर, लन्ड्रि, क्लिनर, हाउस किपिङ्ग, फ्रन्टडेक्स, क्यासियरजस्ता होटलसम्बन्धि सम्पूर्ण तालिम दिइने निकोलस हस्पिटालिटी सर्भिसेज प्रालिले रमेश र आईटी इञ्जिनियर सुर्य श्रेष्ठसमेत साझेदार भएपछि पछिल्लो समय रेष्टुरेन्ट सेवासमेत शुरु गरेको छ ।

कोरोना संक्रमणमा बृद्धी भएसँगै सरकारले लगाएको लकडाउनपश्चात निकोलसले हाललाई टेक वे र होम डेलिभरी सुविधा मात्र दिँदै आएको छ। रमेशले लकडाउन र निषेधाज्ञाले असहज बनेको जनजीवनलाई सामान्य बनाउन सहयोग गर्न टेक वे र होम डेलिभरी सेवा उपलब्ध गराएको जानकारी गराए। उनका अनुसार काठमाडौं उपत्यकाभरी निःशुल्करुपमा होम डेलिभरीको ब्यबस्था गरिएको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राखी जनस्वास्थ्य मापदण्डअनुसार टेक वे र होम डेलिभरी सुविधा उपलब्ध गराइएको उनले बताए। उनका अनुसार नेवारी, नेपाली, चाइनिज, कन्टीनेन्टल, इटालियन र इण्डियन परिकार हाललाई टेक वे र होम डेलिभरी सुविधामा उपलब्ध छ र जनजीवन सामान्य हुनासाथ रेष्टरेन्ट सञ्चालनमा आउने तथा प्रशिक्षण सेवा उपलब्ध हुनेछ।

निकोलसमा यमबहादुर बुढाथोकी अध्यक्ष, बलभद्र ढकाल प्रवन्ध निर्देशक, कलाकर्मी रमेश श्रेष्ठ एक्जुकेटिभ सेफ र निर्देशक तथा सुर्य श्रेष्ठ निर्देशक रहेका छन्। रमेशले जापानाी दुतावासअगाडि अर्को रेष्टुरेन्ट सञ्चालनमा ल्याउनेसमेत जानकारी गराए। कलाकर्मी रमेश श्रेष्ठले ७० भन्दा बढी म्युजिक भिडियो निर्माण र निर्देशन गरेका छन् भने करिब २ दर्जन म्युजिक भिडियो र ५० जति विज्ञापनमा अभिनय तथा मोडलिङ गरेका छन्। त्यसै गरी उनले थुप्रै होटल र रेष्टुरेण्टमा सेफका रुपमा काम गरी हजारौं देशी विदेशी पर्यटकलाई आफ्नो पाक कलाबाट मोहित बनाएका छन् भने विदेश गएर समेत आप्mनो पाककला प्रस्तुत गरेका छन्।