सनिश श्रेष्ठ र ससिका राईको तिमी तिरै…(भिडियो सहित)


ब्युटी न्युज नेपाल
काठमाडौ, २२ भदौ

चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन २’मा दर्शकको माया पाउन सफल गायक सनिश श्रेष्ठले नयाँ गीत ल्याएका छन् । यस गीतमा शब्द लेखु सहयात्रीको रहेको छ ।

सनिशले गायिका ससिका राईसँग नयाँ गीत ‘तिमी तिरै…’ सार्वजनिक गरेका छन् । यो गीतलाई गायक, संगीतकार तथा एरेञ्जर देवेश राईले संगीत तथा संगीत संयोजन गरेका छन् ।

देबेश ससिका अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा सनिश र ससिका आफैं प्रस्तुत भएका छन् । भिडियोलाई प्रबिन राईले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्