इजरायलमा सिद्धिदासया म्येको बिमोचन


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

राष्ट्रिय नेवाः खलः ईजरायलले महाकवि सिद्दिदास महाजुको सम्मानमा आफ्नो पहिलो गीति एल्बम ‘सिद्धिदासया म्ये’ सार्वजनिक गरेको छ ।

महाकवि महाजुको १५३ औ जन्मजयन्तीको अवसरमा राष्ट्रिय नेवा खल ईजरायलले जुमअनलाइन मार्फत आयोजित अनलाइन गोष्ठीमा खलका अध्क्षय बिमला श्रेष्ठ र आदिवासी जनजाति महासंघ इजरायलका अध्क्षय पेम्बा डोल्मा ह्याल्मो सो गीति एल्बमको विमोचन गरेका हुन् । विश्वमा महामारीको रुप लिएको कोरोनाका सँक्रमणका कारण अनलाईन प्रविधि मार्फत नै गरिएको गोष्ठीमा यो एल्बमको बिमोचन गरिएको हो ।

पवित्र कसाः सानुबाबु महर्जन, उतम महर्जन, रत्नशोभा महर्जन र तेजवती जोशीको स्वर रहेको उक्त एल्बमको रचनाकार लोककवि राजभाई जकमी र संगीतकार जुगल डंगोल रहेका छन् । आर्टोम्युज रेकर्डिङ स्टुडियो पुतलीसडकमा अनलाईनबाटै स्वर र वाद्यबादन रेकर्ड गरिएको यो गीतको संगीत संयोजन पनि जुगल डंगोलले गरेका हुन्।

सो बिमोचन कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा नेपाल भाषा एकेडेमीका सदस्य सचिब मल्ल के सुन्दरले नेवा समुदाय बहुधार्मिक बहुसस्कृतिक बहुजातीय भएको बताए । उनले भाषाले बनेको भाषिक समुदाय भएकोले भाषाले नै समुदायको पहिचान र अस्तित्व जोगाउने बताए । सोही कारण उनले भाषा जोगाउन सबैले हातेमालो गर्नु पर्ने कुरा धारण राखे ।