सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ

कर्तिपुरको भत्केको पाटीमा गएको मध्यराती आगलागी हुँदा एउटा घर जलेर नस्ट भएको छ । स्थानीय मायाँ तामाङको घरमा बिजुली सर्ट भएर मध्यरातमा आगलागी भएको हो ।

सो आगलागी हुँदा परिवारसबै घर भित्रै थिए । एक्कासी घरमा आगलागी भएपछि छिमेकीको सहयोगमा उनीहरुलाई बाहिर निकालिएको थियो । मध्यरातमा भएको अगलागीको क्रममा छिमेकीहरुले आएर उनीहरुलाई उद्धार गरेसँगै केही सामान झिक्ने प्रयास गरे । सो अगलागीको क्रममा खाद्यान्न, लत्तकपडा र आफ्ना महत्वपूण कागजपत्र जलेको मायाँले बताएकी छिन् ।

घर जलेपछि ३ सन्तान सहित आफु र श्रीमान अहिले आर्थिक समस्यामा रहेको मायाँले बताएकी छिन् । सामान्य आर्थिक अबस्था भएकी मायाँको घर जलेपछि अहिले छाकटार्न कठिन अबस्था आएको छ ।

यसरी विपन्न परिवारको घर जलेपछि स्थानीय भेला भएर चन्दा सँकलन गरी आइतबार उनहरुलाई स्थानीयले जलेको घर पुन निर्माण गर्नलाई सहयोग गरेका छन् । मायाँको परिवारले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए ।