ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ

आज आईतबार देशभर ९८० जनामा कोरोना सँक्रमण देखिएको छ । जसमा महिला २९० जना र पुरुष ६९० जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा गरिएको पिसिआर परिक्षणमा ९८० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यो सँगै नेपालमा हालसम्म ४६ हजार २५७ जनामा कोरोना सँक्रमण भईसकेको छ ।

काठमाडौं उपत्यकामा ३५४ सँक्रमित
यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना सँक्रमण देखिएको पनि डा. गौतमले बताए । जसमा काठमाडौंमा २९० जना ललितपुरमा ३२ जना र भक्तपुरमा ३२ जना सँक्रमित भेटिएका हुन् ।

२४ घन्टामा  १८१४ जना डिस्चार्ज
यस्तै पछिल्लो २४ घन्टामा देशभरका विभिन्न आईसोलेसन सेन्टरबाट कोरोनालाई जितेर १ हजार ८१४ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताएका छन् । यो सँगै हालसम्म कोरोनालाई जितेर नेपालमा २८ हजार ९४१ जना डिस्चार्ज भईसकेका छन् । यतीबेला देशका विभिन्न आईसोलेसन सेन्टरमा १७ हजार २७ जना उपचाररत रहेको पनि डा. गौतमले बताए । यस्तै विभिन्न क्वारेन्टाईनमा आज ४ हजार ७०३ जना रहेका छन् ।

थप ९ को मृत्यु
यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ९ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला र ७ जना पुरुष छन् । मृतक महिलामा मोरङका १ र झपाको १ जना छन् । यस्तै मृतक पुरुषमा काठमाडौंका ३ जना, मोरङका १ जना पर्साका १ जना, धनुषाका १ जना र चितवनमा १ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २८९ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।