जन्मदिनमा चरित्र अभिनेत्री विधाद्धारा कलाकार संघलाई सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ भदौ

अग्रज चरित्र अभिनेत्री विद्या कार्कीले आफ्नो जन्मदिनको अवसरमा शनिबार नेपाल चलचित्र कलाकार संघलाई आर्थिक सहयोग गरेकी छिन् । उनले संघलाई २२ हजार २२२ रुपैयाँ सहयोग गरेकी हुन् । नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काका अनुसार जन्मदिनमा फजुल खर्च गर्नु भन्दा यसरी संघको कोषमा जम्मा गर्दा भोली जो कोहीलाई पनि अप्ठेरो पर्दा सहयोग मिल्ने छ ।

कोभिड(१९ को विषम परिस्थितिमा संघले गरेको सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै नेपाल चलचित्र कलाकार संघ समेत कम्जोर अर्थतन्त्र बाट गुज्रीरहेको अबस्थामा चरित्र अभिनेत्री विद्या कार्कीले आफ्नो जन्मदिनमा संघलाइ केही सो सहयोग प्रदान गरेकी हुन् ।

सो अबसरमा नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रबिन्द्र खड्काले विद्या कार्कीको सुस्वास्थ्य, दिर्घायु एबम उत्तर उत्तर प्रगतिको कामना गरेका छन् । यस भन्दा अगाडी पनि निर्माता अभिनेता राज श्रेष्ठ(राजेन्द्र) ले आफ्नो जन्मदिनकै अवसरमा रु. १५ हाजार ५५५ रुपैयाँ प्रदान गरेको पनि अध्यक्ष खड्काले बताए ।