ट्रेलरमा वेव सिरिज ‘इन टु द ड्रिम्स’


ब्युटी न्युज नेपाल
काठमाडौ, २१ भदौ

नेपालमा कोरोनाका कारण सबै हलहरु बन्द भएपछि फिल्म हेर्ने दर्शकहरुका लागी बिकल्पमा वेव सिरिजहरु बन्दै गइरहेको छ । यस्तैमा नया वेव सिरिज ‘इन टु द ड्रिम्स’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

जेबिआर सनमको निर्देशनमा बनेको ‘इन्टो द ड्रिम्स’ वेव सिरिजमा स्कृनप्ले र डाइलगपनि निर्देशक जेबिआरकै रहेको छ । वेव सिरिजमा सञ्जय बि.क, आनन्द सिंह, अमोद भट्ट, किरण चन्द, चर्चित अभिनेता सरोज खनाल, राम बाबु रेग्मी, सरोज बखरेल, प्रवन भुषाल, मनोज भेट्वालको वेव सिरिजमा अभिनय रहेको छ ।

वेव सिरिजमा सुनिल बि.क र सरोज बखरेल निर्माता रहेका छन् । रेशम दर्लामीको सिनेमाटोग्राफी, बि ब्रोज टिमको सम्पादन रहेको छ । यस वेव सिरिजमा दिपेश सिंहको म्युजिक रहेको छ, भने गायक राज गुरुङ रहेको छन् ।

‘इन्टो द ड्रिम्स’ वेव सिरिज एक साङ्गीतक ब्याण्ड भित्रको कथा ट्रेलरमा देख्न सकिन्छ । यो वेव सिरिज ११ सेप्टेम्बरमा ओएसआर डिजिटलबाट सुरु हुनेछ ।