ब्युटी न्युज नेपाल
काठमाडौं, २० भदौ

गायक दीपेन्द्र रसाईली र गायिका रजनीको स्वरमा पूर्वेली लोक भाकाको गीत ‘नभेटेको धेरै भो…’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा एकराज विश्वकर्माको शब्द तथा दीपेन्द्र रसाइलीकै संगीत छ । गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ । यो भिडियो रेस्क्यू क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो गीतको भिडियोमा वर्षा केसी र बाबु थापाले मोडलिङ गरेका छन् । भिडियोमा लोकेश थापाको मेकअप, नवराज पौडेलको प्रोडक्सन, अमृत सुनुवारको छायांकन, रविन्द्र खड्काको सम्पादन र रंग संयोजन तथा समन अधिकारीको निर्देशन छ ।