आज १०४१ जना सँक्रमित, कोरोना सँक्रमित ४५ हजार नाघे, थप ९ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, २० भदौ

नेपालमा आज शनिबार १ हजार ४१ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा ६९२ जना पुरुष र ३४९ जना महिलासहित जम्मा १ हजार ४१ जनामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार बताए । यो सँगै नेपालमा आजसम्म ४५ हजार २७७ जनामा कोरोना सँक्रमण भईसकेको छ ।

काठमाडौं उपत्यकामा ४०८ सँक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमा काठमाडौंमा ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुर ३७ जना सँक्रमित रहेको पनि डा. गौतमले बताएका छन् ।

यस्तै रुपन्देहीका ७१ जना, बाँकेका ६२, चितवनका ४५, सिराहाका ४१, दाङका ३९, मोरङ र मकवानपुरका ३५/३५ जना, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सुनसरी र सप्तरीका २०/२० जना, सर्लाही र गोरखाका १७/१७ जना, बझाङका १६, बारा र नवलपरासीका १३/१३ जना, पर्सा र धादिङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापा, धनुषा र बर्दियाका ७/७ जना, काभ्रे, दोलखा, बाग्लुङ र गुल्मीका ६/६ जना, रामेछाप, नवलपुर र कञ्चनपुरका ५/५ जना, कैलालीका ४ जना, उदयपुर, तनहुँ, सल्यान, पाल्पा, जाजरकोट र दैलेखका ३/३ जना, ओखलढुंगा, सिन्धुली, सल्यान र डोटीका २/२ जना तथा इलाम, नुवाकोट, पर्वत, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा र डडेलधुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

१५६६ डिस्चार्ज
यस्तै पछिल्लो २४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताएका छन् । यो सँगै आजसम्म देशभरका २७ हजार १२७ जनाले कोरोना जितेर डिस्चार्ज भईसकेका छन् । क्वारेन्टाईनमा हल ६ हजार ५६१ जना रहेको छन् । यस्तै देशभरका विभिन्न आईसोलेसन सेन्टरमा १७ हजार ८७० जना कोरोनाको उपचाररत रहेको पनि डा. गौतमले बताएका छन् ।

थप ९ जनाको मृत्यु
यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट देशभरमा ९ जनाको मृत्यु भएको पनि डा. गौतमले बताएका छन् । मृतकहरुमा महिला ३ जना र पुरुष ६ जना रहेका छन् । मृतक महिलामा मोरङका १, मकवानपुरका १ र नवलपारासीका १ रहेका छन् भने मृतक पुरुषमा काठमाडौंका ३ जना, पर्साका १ जना, महोत्तरीका १ जना र रुपन्देहीका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २८० जना पुगेको छ ।