ब्युटी न्युज नेपाल
काठमाडौं, २० भाद्र

बिगत चार दिन देखि हराईरहेकी जावलाखेलस्थित अल्का अस्पतालकी ३९ वर्षीय कर्मचारी गीता केसीको लेलेस्थित जंगलमा शव फेला परेको छ ।

शुक्रबार बेलुका गोदावरी नगरपालिका १० लेलेस्थित सामुदायिक वनमा उनको शव फेला परेको हो । पोष्टमार्टमका लागि उनको शव पाटन अस्पताल ल्याएर पोस्टमार्टमको कार्य भईरहेको प्रहरीले जनाएको छ ।

केसीको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । हत्या आशंकामा केसीको भतिजा निर्मल केसीलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।
अस्पताल जाने भन्दै निर्मलसँगै गीता घरबाट हिडेका थिए । बेलुका अबेरसम्म पनि घर नपुगेपछि परिवारले अस्पतालमा सोधखोज गरेका थिए । उनी अस्पताल नआएको जानकारी पाएलगत्तै परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

सो उजुरीको आधारमा प्रहरीले खोजबिन गरिरहेकै बेला शुक्रबार साँझ सडकबाट केही भित्र जंगलमा शव फेला परेको थिए ।