ब्युटी न्युज नेपाल
काठमाडौं, १९ भदौ
नेपालमा आज शुक्रबार १ हजार ३५९ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा १३ हजार ६३८ जनाको पिसिआर गरिएकोमा १ हजार ३५९ जनामा कोरोना सँक्रमण देखिएको हो । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट सँक्रमितको सँख्या ४४ हजार २३६ जना पुगेको छ । यसरी नेपालमा कोरोना सँक्रमितको सँख्या ४४ हजार नाघेको छ । पछिल्लो समय समुदायमा कोरोना फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
काठमाडौं उपत्यामा ४५४ मा कोरोना
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४५४ जनामा कोरोना सँक्रमण देखिएको पनि डा. गौतमले बताए । जसमा काठमाडौंमा ३८६, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जनामा कोरोना सँक्रमण देखिएको डा. गौतमले बताएका छन् ।
आज १३५४ कोरोना मुक्त
नेपालमा पछिल्लो २४ घन्टामा कोरोनालाई जितेर १ हजार ३५४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना जितेर जम्मा डिस्चार्ज हुनेहरुमा २५ हजार ५६१ जना रहेको पनि डा. गौतमले बताएका छन् । यतीबेला देशभरको आईसोलेसन १८ हजार ४०४ जना कोरोनाको उपचारमा रहेका पनि डा. गौतमले बताए । आज देशका विभिन्न क्वारेन्टाईनमा ६ हजार ५६१ जना रहेका छन् ।
थप १४ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट देशभर १४ जनाको मृत्यु भएको छ । कोरोनाबाट २४ घन्टामा यती धेरैको ज्यानजानु राज्यका लगि ठुलो क्षती हो । कोरोना सँक्रमणबाट ४ जना महिला र १० जना पुरुषको मृत्यु भएको हो । मृतक महिलाहरुमा काठमाडौंका ३ जना, चितवनका १ जना रहेका छन् । यस्तै मृतक १० पुरुषहरुमा सप्तरीका २ जना, धनुषाका १ जना, कास्कीका १ जना, नवलपरासीका १ जना, प्युठानका १ जना, रुपन्देहीका १ जना, पल्पाका १ जना र सुर्खेतका १ जना छन् । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २७१ जना पुगेको डा. गौतमले बताए ।