आज १२२८ जनाका सँक्रमण, थप ६ जनाको कोरोनाबाट मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ भदौ

आज बिहिबार नेपालमा १ हजार २२८ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ल्याबमा गरिएको परिक्षणमा १ हजार २२८ जनामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा बताए । यो सँगै नेपालमा हालसम्म ४२ हजार ८७७ जना हालसम्म सँक्रमित भईसकेका पनि उनले बताएका छन् ।

काठमाडौं उपत्यकामा ४४५ जना सँक्रमित
यस्तै काठमाडौं उपत्यकामा आज४४५ जना सँक्रमित भएको पनि डा. गौतमले बताए । जसमा काठमाडौंमा ३५७ जना, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना सँक्रमित भएका छन् ।

 सर्लाहीका १०९ जना, बाराका ७१, पर्साका ६५, धनुषाका ६४, चितवनका ५६, रुपन्देहीका ५२, मोरङका ४६, कास्कीका ३१, रौतहटका २९, सुनसरीका २७, मकवानपुरका २२, महोत्तरीका २०, कैलालीका १५, झापाका १२, कपिलवस्तुका ११ तथा गुल्मी र बझाङका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

लमजुङ र नवलपरासीका ९/९ जना, बाँकेका ८, ओखलढुंगा, काभ्रे र सुर्खेतका ७/७ जना, संखुवासभा, नवलपुर, दैलेख र अछामका ६/६ जना, दोलखा, गोरखा र बर्दियाका ५/५ जना, नुवाकोट, दाङ र डोटीका ४/४ जना, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, तनहुँ र कञ्चनपुरका ३/३ जना, उदयपुर, तेह्रथुम, पाल्पा, प्युठान, कालीकोट, सल्यान, दार्चुला र बैतडीका २/२ जना तथा सप्तरी, रामेछाप, बाग्लुङ र जाजरकोटका १/१ मा संक्रमण देखिएको छ ।

आज ९१७डिस्चार्ज
यस्तै पछिल्लो २४ घन्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना जितेर २४ हजार २०७ डिस्चार्ज भएको पनि डा. गौतमले प्रेस भेटघाटमा बताएका छन् । यस्तै आज देशभरका क्वारेन्टाईनमा ६ हजार ७४९ जना रहेका छन । देशका विभिन्न आईसोलेसन सेन्टरमा यतीबेला १८ हजार ४१३ जनाले उपचार गरिरहेको पनि डा. गौतमले बताएका छन् ।

थप ६ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट देशका विभिन्न जिल्लामा थप ६ जनाको मृत्यु भएको पनि डा. गौतमले बताएका छन् । मृतकहरुमा महिला ४ जना र पुरुष २ जना रहेको छन् । जसमा चितवनकी १ महिला, भक्तपुरकी १ महिला, तनहुँकी १ महिला र रुपन्देहीकी १ महिला रहेकी छिन् । यस्तै सिन्धुपालचोकका १ पुरुष र रुपन्देहीका १ पुरुषको कोरोनाबाट निधन भएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट हालसम्म मृत्यु हुनेको सँख्या २५७ जना पुगेको छन् ।