२४ भदौसम्म एक साता थपियो काठमाडौं उपत्यकामा कफ्र्यु 


ब्युटी न्युज नेपाल

काठमाडौं, १७ भदौ 

दुई साता देखि बन्द रहेको काठमाडौं उपत्यकामा तीनवटै स्थानीय निकायले भोली १८ भदौबाट फेरी एक साताको लागि कफर्यु थप गरेको छ । त्यसैले अब काठमाडौं उपत्यकाबासीहरु अझै एक साता कम्तिमा पनि घरभित्रै बस्नुपर्ने भएको छ । पछिल्लो दिन देशभरीकै सबैभन्दा बढी कोरोना सँक्रमित काठमाडौं उपत्यकामा भेटिन थालेको छ । दुई साता देखि काठमाडौंमा कफ्र्यु लगाउँदा पनि कोरोना सँक्रमित नघटेपछि गृह मन्त्रायलसँग छलफल गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका तीन प्रमुख जिल्ला अधिकारीहरुले भदौ १८ गतेबाट फेरी १ साताको लागि निषेधाज्ञा अर्थात कफ्र्यु थप्ने निर्णय गरेका छन् । देशभर अहिलेसम्म कोरोना सँक्रमितको सँख्या ४१ हजार नाघेको छ भने मृतकको सँख्या आजसम्म २५१ जना पुगेको छ ।

पछिल्लो समय सबैभन्दा बढी सँक्रमित काठमाडौं उपत्यकामै भेटिएका छन् । काठमाडौंका मेयर देखि काठमाडौं उपत्यकाका विभिन्न वडा अध्यक्ष समेत अहिले सँक्रमित भएका छन् ।

सोही कारण स्थानीय निकायललगायत विभिन्न व्यक्तिहरुले  काठमाडौंमा कोरोना सँक्रमण समुदायमा फैलिएको भन्दै अझै २ साता कडा कफ्र्यु लगाउनु पर्ने सल्लाह सरकारलाई दिएका थिए । तर स्थानीय निकायले अहिलेलाई १७ भदौ राती १२ बजेबाट २४ भदौ राती १२ बजेसम्म कफ्र्यु थप गरेको छ ।

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो । यस्तै सञ्चार, सुरक्षा, स्वास्थ्य लगायत अत्याबस्यक सेवाका लागि सम्बन्धि कार्यालय वा निकायको पास लिएर हिड्ना छुट दिईएको थियो । सो क्रम जारी रहने छ । यस्तै नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको छ ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुने निर्देशन दिईएको छ । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । त्यसपछि पनि कोरोना सँक्रमण घटेन । सोही कारण १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । सो निषेधाज्ञा आज बुधबार राती १२ बजेबाट सकिँदैछ । सोही कारण आज राती १२ बजेबाटै थप ७ दिनका लागि कफ्र्युको समय बढाईएको छ । कोरोना जो कोहीमा पनि सरेको हुनसक्ने भएकाले यस्तो अबस्थामा घरमै बसेर आफु र परिवारलाई सुरक्षित राख्नु होला ।