आज ११२० जनामा कोरोना, सँक्रमित ४१ हजार नाघ्यो, थप १२ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौ

नेपालमा आज बुधबार १ हजार १२० जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा गरिएको परिक्षणमा १ हजार १२० जनामा कोरोना सँक्रमण देखिएको हो ।  यो सँगै नेपालमा हालसम्म कोरोनाबाट सँक्रमितको कुल सँख्या ४१ हजार ६४९ जना पुगेको छ । यसरी नेपालमा कोरोना सँक्रमितको सँख्या ४१ हजार नाघेको छ ।

काठमाडौं उपत्यामा ३८८ मा कोरोना
यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यका ३८८ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमध्य काठमाडौंमा ३५० जनामा, ललितपुर २९ जनामा र भक्तपुर ९ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ ।

आज १११२ कोरोना मुक्त
पछिल्लो २४ घन्टामा देशभर १ हजार ११२ जना कोरोना जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म २३ हजार २९० डिस्चार्ज भएको डा. गौतमले बताएका छन् । यतीबेला मुलुकभरका क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेको पनि डा. गौतमले बताए । यस्तै देशभरका आईलोसेलसनमा १८ हजार १०८ जना अहिले उपचाररत छन् ।

थप १२ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको छ । मृतकहरुमा ६ जना महिला र ६ जना पुरुष रहेका छन् । मृतक महिलाहरुमा चितवनका २ जना, काठमाडौंका १ जना, ललितपुरका १ जना, तनहुका १ जना र कपिलबस्तुका १ जना रहेका छन् । यस्तै मृतक पुरुष तर्फ बाराको १ जना, चितवनको १ जना, भक्तपुरका १, काठमाडौंका २ जना र धादिङ १ जना रहेको पनि डा. गौतमले बताएका छन् ।योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २५१ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।