आज १०६९ जनामा कोरोना, सँक्रमित ४० हजार नाघ्यो, थप ११ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ भदौ

नेपालमा आज मँगलबार १हजार ६९ जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा गरिएको १२ हजार ८८ जनाको पिसिआई परिक्षणमा जनामा कोरोना सँक्रमण देखिएको हो । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट सँक्रमितको सँख्या ४० हजार ५२९ जना पुगेको छ । यसरी नेपालमा कोरोना सँक्रमितको सँख्या ४० हजार नाघेको छ । पछिल्लो समय समुदायमा कोरोना फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

काठमाडौं उपत्यामा ४८१ मा कोरोना
यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यका ४८१ जनामा कोरोना सँक्रमण देखिएको छ । जसमध्य काठमाडौंमा ३९३ जनामा, ललितपुर ५८ जनामा र भक्तपुर ३० जनामा कोरोना सँक्रमण पुष्टी भएको छ ।

आज ७६८ कोरोना मुक्त
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना मुक्त भएर ७६८ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म नेपालमा कोरोना जितेर २२ हजार १७८ कुल डिस्चार्ज भएको पनि डा. गौतमले बताएका छन् ।
यतीबेला मुलुकभरका क्वारेन्टाइनमा ७ हजार ३९० जना रहेको पनि डा. गौतमले बताए । यस्तै देशभरका आईलोसेलसनमा १८ हजार ११२ जना अहिले उपचाररत छन् ।

थप ११ जनाको मृत्यु
छिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट देशभर ११ जनाको मृत्यु भएको छ । मृतकहरुमा १ बालिका र १० जना पुरुष छन् । जसमा महोत्तरीकी ४ वर्षीया बालिका रहेकी छिन् । बाँकी १० पुरुषमा महोत्तरीका १ जना, सिराहाका १ जना, पर्साका ३ जना, बाराका १ जना, चितवनका १ जना र काठमाडौ २ जना र मकवानपुरका १ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २३९ जना पुगेको छ ।