सरोज साजनको माया नयनी ताल…(भिडियो सहित)


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ भदौ

पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त विधान कार्कीको निर्देशनमा फेरी नयाँ म्युजिक भिडियो रिलिज भएको छ । उनको निर्देशनमा नयाँ भिडियो फुर फुर पुतली चार दिन अघि रिलिज भएको थियो ।

यती बेला नयाँ गीत माया नयनी ताल…को भिडियो रिलिज भएको हो । डिभाईन म्युजिकको च्यानलबाट रिलिज भएको यो गीतमा सरोज साजन श्रेष्ठको शब्द र संगीत रहेको छ । यो गीतलाई सरोज आफैंले गायका हुन् । गीतलाई शाहस शाक्यले संगीत संयोजन गरेका हुन् ।

सुदुरपश्चिमेली लयमा आधारित यो गीतको भिडियोमा सुधिर श्रेष्ठ, रियाशा दाहाल, शुशिल रेग्मी र अनामिका बाराकोटीको अभिनय रहेको छ ।

भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले, छायाँकन उत्सब दाहालको र सम्पादन विकाश दाहालको रहेको छ ।

लक डाउन अघि खिचिएको भिडियोलाई आफुले डान्सिङ भिडियोको रुपमा प्रस्तुत गरेको निर्देशक विधान कार्कीले बताएका छन् ।