शंकरको ‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो)


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ भदौ

गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’ले नयाँ रोमान्टिक गीत सार्टनैको चोली…को भिडियो रिलीज गरेका छन् । गीतमा अम्बिका गुरुगको शब्द, शंकर स्वयँको संगीत रहेको छ । शंकरलाई यो गीतमा महिलामा स्वरमा दीपा लामाले साथ दिएकी छन् । उनी यस अघि सेल्फी हानौँला…लगायतका गीतबाट हिट भएका थिए ।

‘सार्टनैको चोली’ गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । एक समारोहमा सहयोगी बनेका सरोजले आश्मालाई मन पराएको र प्रेम दोहोरो हुन गएको कथालाई भिडियोमा प्रस्तुत गरेको छ । यो भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् । जसमा गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् । यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।