काठमाडौंका मेयर विधासुन्दर पनि कोरोना सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ भदौ,

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । आफुलाई कोरोना सँक्रमण देखिएकाले यो साता आफुसँग भेटघाट गरेकाहरुलाई कोरोना परिक्षण गर्न उनले आग्रह गरेका छन् ।

मेयर शाक्यले कोरोना परिक्षणका लागि दुई दिनअघि आफ्नो स्वाब दिएका थिए । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । तथापि मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।

मेयर शाक्यको सचिवालयका अनुसार केही दिनदेखि मेयर शाक्यकी पत्नी विसन्चो थिईन् । सोही कारण शाक्य दम्पत्तिले नै स्वाब दिए । उनकी पत्नीलाई भने कोरोना संक्रमण नदेखिएको सचिवालयले जनाएको छ ।