आज १२२१ जना सँक्रमित, कोरोनाबाट थप १४ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

आज आईतबार देशभर १ हजार २२१ जनामा कोरोना भाईसर पुष्टी भएको छ । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा गरिएको कोरोना परिक्षणमा १ हजार २२१ जनामा सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । एकै दिन सँक्रमितको सँख्या १२ सय जना नाघेको आजै हो । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमितको सँख्या ३८ हजार ५६१ जनाा पुगेको छ ।

काठमाडौं उपत्याकामा पछिल्लो २४ घन्टामा ४२९ जनामा कोरोना देखिएको पनि डा. गौतमले बताए । जसमा ३७२ जना काठमाडौ, १२ जना ललितपुरमा र ४५ जना भक्तपुरमा कोरोना सँक्रमित भएका छन् । यस्तै चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५/२५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११/११ जना छन् ।

मकवानपुरका ९ जना, पाल्पा र अछामका ८/८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६/६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५/५ जना, ओखलढुंगा र तनहुँका ४/४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३/३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २/२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभरका क्वारेन्टाईनमा यतीबेला ७ हजार ७५७ जना क्वारेन्टाईनमा रहेको पनि डा. गौतमले बताए । आज देशभरका आईसोलेसनमा रहेर १७ हजार ५१८ जनाले उपचार गरिररहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा २६७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनालाई जितेर २०८२२ जना डिस्चार्ज भईसकेका छन् ।

कोरोनाबाट पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ । नेपालमा २४ घन्टामा सबैभन्दा बढी १४ जनाको मृत्यु भएको पनि आजै हो । जसमा ४ जना महिला र १० जना पुरुष छन् । ४ महिलामा सुनसरी, बारा, महोत्तरी, काठमाडौंका १/१ जना रहेका छन् । यस्तै मृतक १० पुरुषमा महोत्तरी र रुपेन्देहीका २ /२ जना, सुनसरी, मोरँग, रौतहट, लतिलपुर, भक्तपुर, नवलपरासीका १ /१ जना रहेको छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २२१ जना पुगेको छ ।