उपप्रधान तथा रक्षा, गृह र स्वास्थ्य मन्त्रीको कोरोना नेगेटिभ


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ,

तीन दिन देखि आईसोलेसनमा बसेका उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा , स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूणचन्द्र थापा, गृहसचिब महेन्द्र गुरागाईं सहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

एक सहयोगीलाई कोरोना भएपछि कोरोनाको शँकामा यी सबैजना शुक्रबारबाट होम आईसोलेसनमा बसेका थिए ।
उनीहरुको स्वाब बिहान संकलन गरिएकामा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने एक व्यक्तिमा बिहिबार कोरोना संक्रमण देखिएपछि उनीहरुको पिसीआर परीक्षण गरिएको थियो ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सिसीएमसीको उक्त बैठकमा सहभागी थिए । सोही कारण शुक्रबारबाटै उनीहरु आईसोलेसनमा बसेका थिए ।