सिन्धुपालचोकको धुसेनीमा गएराती भिषण पहिरो, ३ घर पुरिए


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

सिन्धुपालचोकमा फेरी भिषण पहिरो गएको छ । सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिका ६ थुम्पाखर को धुसेनीमा गए राती भीषण पहिरो गएको हो । सो पहिरोले तीन घर पुरिएको स्थानीयले जनाएका छन् ।

पहिरोबाट मानवीय क्षती नभए पनि कम्तीमा १० घर उच्च जोखिममा परेको छ । पहिरोले इबहादुर भण्डारी ,खेलबहादुर भण्डारी र चेत बहादुर भण्डारी को घर पुरेको छ ।

गाउँपालिकाले घर भत्केका र उच्च जोखिममा रहेकाहरुलाई आज बिहान देखि नै सुरक्षीत स्थानमा राख्न सुरु गरेको गाउँ पालिका अध्यक्ष श्रवण कुमार जिसीले जानकारी दिएका छन् ।