प्रेमराजा दम्पत्तिले जिते कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ,

अग्रज लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महतले कोरोनालाई जितेका छन् । आफुहरु कोरोनाबाट मुक्त भएको गायक महतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत समेत रहेका महतले फेसबुकमा यस्तो लेखेका छन्, ‘विश्वभरी रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो ।’

उनले गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत् नै दिएका हुन् । कोरोना संक्रमणपछि महत दम्पत्ति आफ्नै घरमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए ।