आफ्नो लेखन र अभिनयमा बामदेव गौतमको नयाँ गीतको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ भदौ

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नो लेखनमा राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीतको भिडियो आफैं मोडल भएर ल्याएका छन् । केही वर्षदेखि गीत लेख्दै आएका उनको अहिलेसम्म दर्जनौ गीतहरु सार्वजनिक भएका छन् ।
यसै क्रममा यतीबेला गौतमद्धारा रचित नयाँ गीत ‘यो बुद्ध भूमि…’को भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको हो ।

राजनीतिक व्यक्तित्वहरु पनि कलामा रुची राख्दछन् भन्ने विश्वास बढ्दै गईरहेको बेला वामदेव गौतमले यस्तो गीत लाएका हुन । यो गीतको भिडियोमा राष्ट्रभक्तिलाई प्रस्तुत गरिएको छ ।

यो गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

गैतमले लेखेको शब्दलाई बरिष्ट संगीतकार शम्भूजीत बासकोटाले संगीत सीर्जना गरेका छन् । मनोहर सुनामको एरेञ्जमा गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रीपाठी , अञ्जना गुरुङलगायतका कलाकारको स्वर रहेको छ । दीर्घ गुरुङले खिचेको यो गीतको भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् । गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ ।