ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ
अन्तिम प्रतिस्पर्धामा आफ्ना २ प्रतिस्पर्धीलाई पछि पार्र्दै तेश्रो सिजनको नेपाल आइडल को उपाधि सज्जा चौंलागाईंले चुमेकी छिन् । शुक्रबार बेलुका एपी वान टिभीबाट भएको लाईभ ग्रान्ड फिनालेमा सबैलाई जित्दै सज्जाले नेपाल आइडलको इतिहासमा महिला बिजेताको रुपमा आफुलाई उभ्याएकी छिन् । सज्जाले नेपाल आइडलको उपाधीसँगै ५० लाख लाख पुरस्कार जितेकी छिन् ।
सो ग्रान्ड फिनालेमा प्रविण भेटवाल फस्ट रनरअप र किरण कुमार भुजेल सेकेन्ड रनरअप भए । फस्ट रनरअप हुने प्रविणले १० र सेकेन्ड रनरअप हुने किरणले ५ लाख पुरस्कार पाएका छन् ।
कोरोनाको कारण केही समय रोकिएको यो सिजनको फाईनल बिगतको जस्तो नभएर सामान्य शैलीको थियो । पहिलो नेपाल आइडल बुद्ध लामा हुन् भने दोश्रो सिजनको विजेता रवि ओड भएका थिए ।