बैदेशिक रोजगारीको पीडादायी भूमिकामा शिशिर


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ

कोरोनाको महामारीका कारण बिदेशमा अपलत्र परेर उद्धारको पर्खाईमा रहेको नेपाली कामदारहरुको पीडा समेटेर एउटा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उनीहरु ०७७ को दशैं, तिहार मान्न आउनका लागि असमर्थत भईसकेको बेला दशैं तिहारलाई लक्षित गरेर तयार गरिएको नयाँ गीत ‘आउला भनेको…’ को भिडियो आज सार्वजनिक गरिएको छ ।

जसमा गायक राजकुमार बानियाँ र देबी घर्तीको स्वर रहेको छ । मीना लामाको शब्द रहेको गीतमा संगीत सिर्जना कृष्ण शताब्दीले गरेका छन् । केही फरक शैली प्रस्तुत गर्न चाहने बानियाँले यो गीत बियोगान्त शैलीको बताएका छन् ।

जसमा बिदेशमा अलपत्र परेको नेपालीको पीडदायी भूमिका कलाकार शिशिर भण्डारीले निर्वाह गरेका छन् । उनी यसमा बिदेशमा मजदुरी गरेका नेपाली युवाको भूमिकामा छन् । उनले लोक दोहोरीमा पहिलो पटक अभिनय गरेको बताएका छन् । भण्डारीलाई कलाकार जुना गुरुङले अभिनयमा साथ दिएकी छिन् ।

गीतमा संगीत सयोजक बिनोद बाजुरालीको र भिडियो निर्देशन कृष्ण शताब्दीको रहेको छ ।