कोरोना बढेपछि क्वारेन्टाइन बनाउन बौद्धनाथले दियो २० शैया


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौं

कोभिड–१९ को संक्रमण तीब्र हुँदै जाने क्रममा आसपासमा कोरोना देखिएपछि राजधानीको बौद्धस्थित स्तूपा सामुदायिक अस्पतालले ४० शैयाको क्वारेन्टाइन संचालन गर्न लागेको छ । बिहीबार बौद्धनाथ क्षेत्र विकास समितिले अस्पताललाई २० शैया सहयोग स्वरुप हस्तान्तरण गरेको छ । योसँगै क्वारेन्टाइन निर्माणका लागि हौसला मिलेको हो ।

राजधानीको बौद्ध क्षेत्रमा पनि संक्रमण बढिरहेको र संक्रमितलाई राख्न सजिलो बनाउने ध्येयले अस्पताललाई शैया सहयोग गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले बताए । ‘यतिबेला जसले जे सकिन्छ त्यही सहयोग गर्नुपर्ने अवस्था हो’ लामाले भने, ‘हामीले सबैले मानवीयता देखाउन सक्यौं भने समाजमा कोभिड–१९ विरुद्ध लड्ने मनोवैज्ञानिक साहस निर्माण हुनेछ ।’

अस्पतालका अध्यक्ष तथा पुर्व राजदुत डा. गणेश योञ्जनले समितिको सहयोगले हौसला मिलेको बताउँदै अब ४० शैया सहितको क्वारेन्टाइन छ्टिटै संचालन गरिने जनाए । ‘प्रशासनिक प्रक्रिया अघि बढिरहेको छ’, उनले भने, ‘अब केही दिनमै संक्रमितलाई उपचार सहितको क्वारेन्टाइन् व्यवस्था हुनेछ ।’

हस्तान्तरण कार्यक्रममा स्तुपा सामुदायिक सहकारी संस्थाका महासचिव प्रदीप बम्जन, बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्त लामा लगायतले महामारीको बेला सबैले सामाजिक उत्तरदायित्व महसुस गर्नुपर्ने औंल्याए ।

कार्यक्रममा समितिका सदस्यहरु माया डोल्मा लामा, मजेन्द्र सिंह, मोहन कुमार लामा ९मनोज०, अस्पताल निर्माण कमिटीका सदस्य श्याम खतिवडा, सहकारी संस्थाका कोषाध्यक्ष मानबहादुर लामा, कामपा कार्यपालिका तथा कामपा वडा नं। ६ बौद्धका सदस्य लक्ष्मी श्रेष्ठ र कर्मचारीहरुको उपस्थितिमा स्तूपा सामुदायिक अस्पतालका निर्देशक डा। स्वस्ती कर्मचार्यले छोटो मन्तब्य सहित सहयोगी समितिलाई कदर पत्रले सम्मान गरेका थिए ।