भिडियोमा ब्यस्त अभिनेता पुष्पको आयो भुर भुर पुतली…


ब्युटी न्युज नेपाल

काठमाडौं, १२ भदौ

चलचित्रको काम ठप्प भएपछि अभिनेता अभिनेत्रीहरु पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त देखिन थालेका छन् । यसै क्रममा २ दिनको फरकमा अभिनेता पुष्प खड्का अभिनित २ वटा म्यूजिक भिडियो रिलिज भए भएका छन् ।

पुष्प अभिनित नयाँ गीत भुर भुर पुतली…को भिडियो शुक्रबार मात्र रिलिज भएको छ । उनको अभिनय रहेको गीत सास म बन्न पाएको भिडियो बिहिबार मात्र रिलिज भएको थियो ।

गायक समिर आचार्य र गायिका सुरेखा क्षत्रीको यो गीतमा स्वर छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ । गीत कर्णप्रिय बनेको छ ।

यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा विधान कार्की निकै व्यस्त छन् । हरेक साता जस्तो उनको निर्देशनमा म्युजिक भिडियो आईरहेको छ । निर्देशक कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् ।

किसन रेग्मी निर्माता रहेको यो गीतको भिडियामा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । यो भिडियोलाई युएस खबरको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।