सन्तोषले ल्याए फ्राईडे नाईट…


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ

राज कुमार बस्नेतको संगीत तथा गायक सन्तोष बस्न्यातको स्वरमा नयाँ गीत ‘फ्राइडे नाइट…’को भिडियो सार्वजनिक गरिएको छ । गायक सन्तोष बस्न्यातको शब्द रचना रहेको यो गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

लामो समय बेलायतमा संगीत अध्ययन गरेर फर्केका सन्तोष बस्न्यातले हालै नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिजम भिडियो प्रतियोगितामा ‘भिजिट नेपाल’ बोलको गीतबाट दित्तीय स्थान हासिल गर्न सफल भएका थिए।

अबिनयको डिओपी र प्रमेश श्रेष्ठको छायांकन रहेको भिडियोमा कन्सेप्ट अनुपको रहेको छ। भिडियोलाइ सौगात मान सिंह बस्नेतले निर्देशन तथा सम्पादन गरेका छन्। भिडियोमा बिबेक कर्माचार्य र अभिलाषा शर्माको अभिनय छ ।

बस्न्यातले अलिक समय अघि मात्र ‘लुक्ला’नामक गीत सार्वजनिक गरेर सोलुखुम्बुको चित्रण गरेका थिए। उनका यस अघि ‘आमा’,बोलको गीत र दुइ वटा कमेडी एल्बम खट्टो पिरो र आइया आथ्था सार्वजनिक भई सकेका छन् । हालै मात्र उनले लीला नामक सांगीतिक एल्बम पनि सार्वजनिक गरेका थिए ।

बेलायत स्थित भारतीय बिद्या मन्दिरमा उनले गायिका तथा प्रसिक्षक स्वानन्द कर्माकरसंग ६ वर्ष शास्त्रीय संगीतको अध्ययन गरेका छन्। बस्न्यात निरन्तर नेपाली संगीतमा लागेर अझै नयाँ नयाँ गीत सिर्जना गर्ने योजनामा रहेका छन् । ‘फ्राइडे नाइट’ गीतको भिडियो ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई यु ट्युबमा हेर्ने जति दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।