नरेशको गीतमा पुष्प र एन्जिलाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौ, ११ भदौ

गायक नरेश रेग्मीले नयाँ गीत म सास बन्न पाए…को भिडियो सार्वजनिक गरेका छन् । रोमाञ्चकारी शैलीको गीतमा शब्द संगीत भने बसन्त सापकोटाको रहेको छ ।

यो गीतको भिडियोमा अभिनेता पुष्प खडका र अभिनेत्री एलिजा गौतमले अभिनय गरेका छन् । उनीहरुको क्यमेसट्री गजब्बको देखिएको छ । यी दुईको जोडी पहिलो पटक भिडियोमा देखिएको हो ।

हाल अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले नेपाल रहँदा थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरेका छन । यसपटक भने उनी अष्ट्रेलियामा भएकाले पुष्पले यसमा अभिनय गरेका हुन् ।

शिव बिकले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन , मिलन बिश्वकर्माको सम्पादन, सुरेश काफ्लेको ड्रोन, पारु अधिकारीको ड्रेस छ । गीतलाई एनआर क्रिएसनले बजारमा ल्याएको हो ।