प्रहरीले हानेको गोलीले झापामा एक व्यक्तिको निधन


ब्युटी न्युज नेपाल
बिराटनगर, १० भदौ

आपसमा झडप भएको भन्दै सशस्त्र प्रहरीले चलाएको गोली लागेर झापामा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको गोलीले झापा गाउँपालिकामा एक जनाको ज्यान गयो ।

त्यहाँ स्थानीय र प्रहरीबीच झडप भएको प्रहरीको भनाई छ । प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले बताएका छन् ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । तर स्थानीयले नियतबस प्रहरीले मारेको आरोप लगाएका छन् ।

२ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको दाबी गरेको छ । सोही गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीको दाबी छ ।