सुनन पियारी लिएर आए बसन्त र रचना


ब्युटी न्युज नेपाल
काठमाडौं, १० भदौ

संगीतकार बसन्त सापकोटाले आफ्नो स्वरमा एकपछि अर्को गीत ल्याईरहेका छन् । यसै क्रममा उनले गायिका रचना रिमालसँग नयाँ गति ‘सुनन पियारी…’ सार्वजनिक गरेका छन् ।

यो गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै रहेको छ । गीतको भिडियो निकै रमाईलो बनेको छ । यो भिडियोमा मोडेल सृष्टि खड्का ,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेका छन् । भिडियोलाई ४० वर्ष अघिको शैली दिईएकोछ । जसका कारण भिडीयो रमाईलो बनेको छ ।

भिडीयोलाई निर्दशन तथा सम्पादन निसान कश्यपले गरेका हुन् । यस्तै भिडीयोलाई उत्सब दाहालले खिचेका हुन् । जसमा अनिता ग्वाच्चाको मेकअप रहेको छ । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन् ।