सबै पत्रकारलाई कोरोना भएपछि रेडियोमै बास, नियमित रेडियो सञ्चालन


ब्युटी न्युज नेपाल
बीरगञ्ज, ६ भदौ

वीरगञ्जबाट सञ्चालिन नारायणी एफएमका पाँच जना रेडियोकर्मीमा दुई दिन देखि कार्यालयमै छन् । यी पाँचै जना कोरोना सँक्रमित छन् । अरु बाँकी पत्रकार अन्य आईसोलेसन सेन्टर र होम क्वारेन्टाईनमा छन् । यी पाँच जनाले कार्यालयलाई नै आईसोलेसन सेन्टर बनाएका छन् । पाँच जना नै कार्यालयमै आइसोलेसनमा बसेका छन् ।

पाँचै जना पत्रकार कोरोना सँक्रमित भए पनि उनीहरुले आफ्नो काम रोकेको छैनन् । अहिले कोरोनाविरुद्धको लडाईँ लडिरहेका ती पाँच रेडियोकर्मी आफ्नो पेसागत जिम्मेवारी पनि निर्वाह गरिरहेका छन् ।

पत्रकार शिवनाथ यादवका अनुसार आफु कोरोना सँक्रमित भए पनि उनले नियमित समाचार भनिरहेका छन् । कोरोना बिरुद्धको सन्देश सम्प्रेषण गरिरहेका छन् । विभिन्न कार्यक्रम सञ्चालनको क्रम जारी छ ।

आफु र बाँकी चार जना साथीहरु एफएममै बस्दै आएको नियमित तातो पानी, बेसार पानी सहित विभिन्न पोृसिलो चिज खाएको उनले बताए । पालैपालो खाना बनाएर खान्छन् । कार्यालयमा फुर्सदमा नाचगान गर्छन । रमाउँछन् । कार्यक्रम नियमित सञ्चालन गर्छन । अब ठिक भएपछि बाहिरी सँसार आउने योजना सहित उनीहरुले कार्यालयमै आईसोलेट भएका छन् ।

संक्रमण पुष्टी भएका पाँच जना कार्यालयमै बसेका छन् भने बाँकी कर्मचारी होम क्वारेन्टाइनमा छन्। रेडियोका अध्यक्ष गोविन्द देवकोटाले संक्रमित सबैलाई कोभिड अस्पताल लैजाने तयारीपछि रेडियो नै बन्द हुने अवस्थामा पुगेको तर उनीहरुले नै ‘कार्यालय आइसोलेसन’को प्रस्ताब गरेपछि प्रशारण बन्द गर्नु नपरेको बताए ।

“यस्तो अवस्थामा संक्रमण भएका पाँच जना साथीहरुले रेडियोमा आइसोलेशन बनाएर बस्ने र रेडियो संचालन गर्ने निर्णय गर्नुभयो। उहाँहरुले नै अहिले रेडियो सञ्चालन गरिरहनुभएको छ,” अध्यक्ष देवकोटाले भने।

गत साउन १८ गते स्टेशन प्रमुख नै संक्रमित भएका थिए। उनलाई साउन १९ गते कोभिड अस्थायी अस्पताल हेल्थकेयरमा भर्ना गरिएको थियो। तर स्टेसन प्रमूख अस्पताल भर्ना भएको १२ दिनपछि कोरोना मुक्त भएर साउन ३० घर फर्किएको अध्यक्ष देवकोटाले बताए। तीन यताबाट बाँकी सबै पत्रकार सँक्रमित भएपछि पाँच जना रेडियोमै बस्छन भने बाँकी अरु घरमै होम आईसोलेसनमा छन् ।