प्रिन्सी र प्रिस्मालाई खोसा खोस गर्दै सागर र मञ्जिल


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ भदौ

टेली चलचित्र तथा चलचित्रको छायाँकन नभएपछि पछिल्लो समय सागर लम्साल ‘बले’ एकपछि अर्को गर्दै म्युजिक भिडियोमा व्यस्त बनेका छन् । उनी हरेक भिडियोमा प्रिन्सि खतिवडा र प्रिस्म खतिवडाको जोडी बनेर प्रस्तुत हुँदै आएका छन् ।

यसै क्रममा यी तीन कलाकार र मोडल मन्जिल बस्नेतको अभिनयमा यतीबेला नयाँ गीत ‘हुन्छ खोसा खोस…’को भिडियो बजारमा आएको छ ।

यो गीतलाई नेत्र भण्डारी र अस्मिता अधिकारीले गाएका हुन् । जसमा सुनिल बिसीको शब्द, सन्तोष सुनारको संगीत र रिकेश गुरुङको संगीत सँयोजन रहेको छ ।

गायक भण्डारीले यस अघि बनपालेको लौरी…, ओठैमा लाली…, मृत्यु योग…, स्याऊ ल्याइदिउ की केरा…, नियति.. लगायतका दर्जनौ गीतहरु बजारमा ल्याईसकेका छन् ।

रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । भिडियोमा राम कुमार केसीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन र बिमला तामाङको मेकअप छ । गीतलाइ राजन नेपालले निर्माण गरेका हुन् ।