सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन
आधुनिक नेपाली सँगीतमा विपिन घिमिरे एक स्थापित नाम हो । साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा गायकका रूपमा कार्यरत विपिन घिमिरे संस्थानका कार्यक्रम मात्र नभई वाहिरि रेकर्डिङमा पनि व्यस्त रहने गरेका छन ।
यिनै गायकले यतीबेला एक स्वरमा नयाँ गीत कुनै दिन…बजारमा ल्याएका छन् । यो गीतलाई निता पोखरेलले लेखेकी हुन् । गीतमा स्वरसँगै सँगीत पनि बिपिनकै रहेको छ । उनले यो गीतलाई हेर्न भन्दा पनिसुन्नको लागि लिरिकल भिडियोका रुपमा सार्वजनिक गरेका छन् ।
त्यसो त उनको चाँडै नै बजारमा सियरा आचार्यको गीति संग्रह आउँदैछ । जसमा सँगीतकार बिपिनले नरेन्द्र प्यासी, सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रमोद खरेल, अस्मिता अधिकारीसंग सहकार्य गरेका छन । यो गीतिसँग्रहको बाँकी कार्य निषेधाज्ञा पछिको पुरा गर्ने उनले बताए ।
अहिलेको जटिल अवस्था नभएको भए यी गायक तथा संगीतकार साँस्कृतिक संस्थानका अधिकांस कार्यक्रममा ब्यस्त हुन्थे । आफुलाई गाउनमा मात्र सिमित नराखी सँगीत सृजनामा अघि बढेको गायक घिमिरेले लकडाउनकै बेला गीतकार सियरा आचार्यको गितीसंग्रह तयार गरेका हुन् । यो क्रममा अन्य दर्जन भन्दा वढी फुटकर गीतमा सँगीत सृजना गरिरहेको पनि उनले बताए ।
सांस्कृति सँस्थान नाचघरमा गायन सम्बन्धि शिक्षा दिएर थुप्रै गायक गायिका जन्माई रहेको विपिनले आफ्नो स्वरमा पनि केही गीत तयार गरेका छन् । दशैं अघि नै आफ्नो नयाँ गीतको भिडियो पनि सार्वजनिक गर्ने तयारी भईरहेको गायक तथा सँगीतकार विपिन घिमिरेले बताए । उनको आउँदै गरेको नयाँ गीतमा नारायण प्रसाद सापकोटाको शव्द र किरण कडेलको संगीत संयोजन छ ।
दाङमा जन्मेका विपिनले स्थानीय स्कुलवाट प्राथमिक शिक्षा र दिपशिखा आमाविवाट पढाई अघि बढाएका थिए । अंग्रेजी साहित्यमा स्नातकोत्तर र संगीतमा डिप्लोमा गरेका उनले अन्तिम परीक्षा पछि विदाई कार्यक्रममा यो कस्तो नाता यो कस्तो साथ…गीत गायर संगीतिक यात्रा सुरु गरेका थिए ।
नेपाली तारा २ मा टप टेनसम्मको प्रयासले उनलाई अनुभवी बनायो । त्यसपछि गायक सत्य स्वरूपको सम्बन्ध र साथले उनी अघि बढेका हुन् । संगीतमा संगतको पनि ठूलो भुमिका रहने वताउने विपिन संगीत प्रेमी साथीहरुको साथले गायक गायिकाहरु अघि बढ्न सक्ने बताउँछन् । कामको जस, हौसला सृजनात्मक टिप्पणी पाउनुको साटो अपजस, नकारात्मकता वढी औल्याउने संगत घातक हुन्छ भन्छन । आफुले साथ र संगत छान्दा सही व्यक्ति छान्नुपर्ने विपिनको सुझाब छ ।