ताराको गुलेलीमा नाजिर र जेविकाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ भदौ

लक डाउनको बेलामा पनि गीतसृजना गर्न सक्रिय गीतकार तारा अधिकारीले आफ्नो शाब्द लेखनमा अर्को नयाँ भिडियो रिलिज गरेकी छिन् । उनले सुनौलो तारा युट्युब च्यानलबाट आफ्नो नयाँ गीत गुलेलीमा…को भिडियो सार्वजनिक गरेकी हुन् ।

यो गीतलाई मेलिना राई र किरण भुजेलले गाएका हुन् । किरण यसपटकको नेपाल आईडलमा टप थ्रिमा पुगेका छन् । यो गीतमा संगीत दिपक शर्माको छ । यो गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् ।

गुलेलीमा गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्कीको अभिनय रहेको छ । भिडियोमा यी दुईको रोमान्सलाई प्रस्तुत गरिउको छ । यो भिडियोमा छाँयांकन अर्जुन तिवारीको रहेको छ । शान थापाको निर्देशनमा तयार भएको
गीतकार अधिकारीका गीतहरु लकडाउनका समयमा धेरै रिलिज भएका छन् । यो भन्दा अघि सुनौलो तारा एल्बमका गीतहरुको पनि म्युजिक भिडियो र लिरिकल भिडियोहरु सार्वजनिक भइसकेका छन् ।

नाजिरकै अभिनय रहेको अधिकारीको यो भन्दा अघिको गीत लुकी लुकी चोरी चोरीले जस्तै यो गीतले पनि राम्रो सफलता पाउने आशा गीतकार तारा अधिकारीले राखेकी छन् ।