जन्म दिनमा माफी माग्दै गल्ती नदोहोर्याउने दीपाश्रीको प्रण


सरिता भारती / ब्युटी न्युज नेपाल
काठमाडौं, ७ भदौ

आफ्नो ४५ औं जन्म दिनको अबसर पारेर नायिका, निर्माता निर्देशक दीपाश्री निरौला डेढ महिनापछि आज एक भिडियो मार्फत मिडियामा आएकी छिन् । पत्रकार प्रकाश सुवेदीसँगको प्राईभ टाईम टिभी अन्तरवार्तामा राजेश हमालको बारेमा केही टिप्पणी गर्दा अभिनेत्री दीपाश्री बिबादमा परेकी थिईन् । यो बिबाद मत्थर हुन तीन हप्ता भन्दा लामो समय लाग्यो । राजेश हमालले दीपाश्रीको पक्षमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि त्यो विवाद मत्थर भएको थियो । जतीबेला बिबादका कारण दिपाश्री निरौला मिडियामा बोल्न सक्ने अबस्थामा समेत थिईनन् ।

अन्तत आफ्नो जन्म दिनको अबसरमा सो कुरालाई मनन गर्दै आज अभिनेत्री दीपाश्रीले राजेश हमाल प्रति बोलिएको कुरामा माफी मागेकी थिईन् । अन्तरवार्ता दिने क्रममा त्यतिबेला आफुलाई एकपछि अर्को गर्दै बिबादास्पद प्रश्न गरिएपछि त्यसको प्रतिकार गर्दा त्यस्तो गल्ती बोल्न पुगेको दीपाश्रीले भनेकी छिन् । अबका दिनमा मिडियामा चतुर्याईंपूर्वक जवाफ दिने पनि उनले बताएकी छिन् । राजेश हमाल बिरुद्धको अभिव्यक्ति प्रति एक भिडियो मार्फत माफी माग्ने क्रममा दीपाश्रीले यस्तो भनेकी हुन् । आउँदा दिन आफुले व्यक्तित्व विकाशमा पनि ध्यान दिनेबारे उनले बताएकी छिन् ।

 

अभिनेत्री दीपाश्रीले भिडियोमा भने अनुसार उनलाई आफुले टिका लगाएको पत्रकार दाई प्रकाश सुवेदीले अन्तरवार्ताको लागि बोलाए । उनले दीपकराज गिरीलाई पनि सोधिन् । आफन्तको विवाहको चटारोले गर्दा दीपकले अन्तरवार्ता नदिनु भन्दा पनि अटेरी गरेर जाँदा यस्तो परिणाम भोग्नु परेको उनले बताएकी छिन् ।

अभिनेत्री दीपाश्रीले आज आईतबार पत्रकार सम्मेलन गरेर आफ्नो जन्मदिन मनाउँदै रजेश हमाल र उनका फ्यानहरुसँग माफी माग्ने तयारी गर्दै थिईन् । तर काठमाडौंमा कफ्र्यु लागेपछि उनले पत्रकार सम्मेलन गर्न सकिनन् । सोही कारण उनले ७ मिनटको भिडियो मार्फत आफ्ना गल्तीलाई प्रायश्चित गरेकी छिन् । अबका दिनमा यस्तो गल्ती नगर्ने बताएकी छिन् । उमेरले ४६ वर्ष टेक्दै गरेकी दीपाश्रीले अब आफुलाई पूर्ण रुपमा परिवर्तन गर्दै जाने प्रण गरेकी छिन् ।

नयाँ चलचित्र छक्का पञ्जा ४ को तयारीमा जुटेकी दीपाश्रीले आज बेलुका आफ्नै घरमा परिवारका साथ केक काटेर जन्म दिन मनाउँदै छिन् । उनलाई सरप्राईज रुपमा आफन्तहरु आईतबार मध्यान्न देखि नै जन्म दिनको केक काटिदिने कार्यक्रम गरिरहेका छन् ।

दीपाश्री निरौलाले काठमाडौंमा सुरुका दिनमा आफुले निकै सँघर्ष गर्नु परेको बताएकी छिन् । तर २०६० सालपछि आफु र दीपकराज गिरीको हास्य टेलिचलचित्र तितो सत्य आएपछि दर्शकको अपार मायाँले आफुहरुले सफलता पाएको पनि उनले बताएकी छिन् । त्यो मायाँ कायमै रहँदै आफुले छक्का पञ्जाको तीन वटै सृँखलामा लगातार त्यत्तिकै मायाँ पाएको पनि उनले बताएकी छिन् । अबका दिनमा दर्शकहरुको चित्त दुखाउने काम आफुले पटक्कै नगर्ने पनि आज जन्म दिनको अबसरमा यी अभिनेत्री निर्देशकले प्रण गरेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा उदाएका कैयौं महिला निर्देशकमा अभिनेत्री दीपाश्री निरौला प्रभावशाली निर्देशकमा पर्छिन । उनले जसरी लगातार तीन ओटा सुपर डुपर हिट फिल्म कुनै पनि महिला निर्देशकले यहाँ दिन सकेका छैनन् । अहिले छक्का पञ्जा ४ को तयारीमा व्यस्त यी अभिनेत्री निर्देशकले छक्का पञ्जा ४ पनि त्यतिकै सफल बनाउनेमा दर्शक बिस्वस्त छन् । यी सफल अभिनेत्री एवम निर्देशक दीपाश्री निरौलालाई व्युटी न्युज नेपालका तर्फबाट जन्म दिनको हार्दिक शुभकामना ।