तीज सुपर मम फोटोमा सुस्मिता धिताल उत्कृष्ट 


ब्युटी न्युज नेपाल

काठमाडौं, ५ भदौ

अभिनेत्री पुजना प्रधानले ‘तीज सुपर मम फोटो प्रतियोगिता २०७७’ आयोजना गरेकी छिन् । प्रतियोगितामा सुस्मिता धिताल पुढासैनी प्रथम, सुजाता खड्का बस्नेत दोस्रो र पुनम अग्रवाल तेस्रो हुन सफल भएका छन । प्रथम हुने बिजेताले १५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र, दोस्रो हुने बिजेताले ७ हजार नगद गिफ्ट, ह्याम्पर र प्रमाण पत्र र तेस्रो हुने बिजेताले ५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्राप्त गरेका छन ।

लकडाउन र कोरोनाको महामारिमा पनि आमाहरुलाई घरमै बसी बसी मनोरन्जन दिने उदेश्यले तीज सुपर मम फोटो प्रतियोगिता २०७७’ को आयोजना गरिएको नायिका प्रधानले जानकारी गराईन् । यसपटक केट्स इन्टरटेन्मेन्ट र द सुपर मम नेपालको आयोजनामा यो प्रतियोगिता भएको हो ।

कोरोना महामारिको यो बिसम परिस्थितीमा पनि घरमै बसेर सहभागि हुन मिल्ने कार्यक्रमले आमाहरुलाई निकै हौसला मिलेको पुजनाको भनाइ छ । यस अघि पुजनाले लकडाउनको बेलामा पनि ‘द सुपर मम फोटो प्रतियोगिता २०७७’ को आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेकी थिइन ।