काजलले दिईन ४० प्रतिसतसम्मको छुटमा तीज फेशन


 ब्युटी न्युज नेपाल
काठमाडौं, ४ भदौ

फेशन डिजाईनर काजल शर्माले ललितपुरको कुपन्डोल स्थित काजल क्रियसन बुटिकमा यो वर्षको तीजलाई लक्षित गरेर विभिन्न फेशनहरु ल्याएकी छिन् । बिगतको भन्दा यसपटक आफुले २५ देखि ४० प्रतिसतसम्म तीजको पहिरनमा छुट दिएको उनले बताएकी छिन् ।

कोरोना र लकडाउनका कारण आफ्ना नियमित कष्टमरमा आर्थिक भार परेपछि तीज जस्तो पर्वमा चेलीबेटीमा उत्साह र उमँग थप्न आफुले तीज फेशनमा ४० प्रतिसतसम्म छुट दिएको काजलले बताएकी छिन् ।

नियमित कस्टमरसँगै यसपटक आफुले थुप्रै नायिका, गायिका तथा मोडललाई तीजमा तीजफेशन तयार गरेको दिएको उनले बताईन्,‘आज बिहिबारबाट कफ्र्यु लाग्नेभएपछि हिजो बुधबार रातीसम्म बसेर सबै जनाका कपडा तयार गरेर पठाएँ । केही स्टक तीज फेशन अझै मसँग बाँकी छ । साथीहरुलाई भोली बिहानसम्म लगेर यो वर्षको तीज मनाउन अनुरोध गर्दछु ।’ उनले ब्युटी न्युज नेपालसँग बिहिबार भनिन् ।

आफुले ५५ सय देखि ६ हजार रुपैयाँसम्ममा तीज विशेष कुर्था सलबारसँगै तिज मास्क, यस्तै ५ देखि ६ हजार रुपैयाँमा तीज स्पेशल सारी सेट, तिज विशेष पेन्ट सारी, तीज मास्कसहित विभिन्न फेशन यसपटक तयार गरेर सस्तो अफरमा दिएको पनि काजलले बताईन् । अहिले कफ्र्यु भएका कारण यो अफर कफ्र्यु सकिएको केही दिनसम्म पनि जारी रहने उनले बताएकी छिन् । तीजको अबसरमा सबैलाई उनले शुभकामना व्यक्त गर्दै कोरोनाबाट सुरक्षित रहन आग्रह गरेकी छिन् ।