बिष्णु र अञ्जुको तीज भाका रातो सारी लगाएर…


ब्युटी न्युज नेपाल
काठमाडौं, २ भदौ

कलाकार तथा गायक बिष्णु श्रेष्ठ र अञ्जु बस्नेतले नयाँ तीज गीत रातो सारी लगाएर…को भिडियो बजारमा ल्याएका छन् । यसपालीको तीजलाई लक्षित गरेर बिष्णुले यो नयाँ भिडियो बजारमा ल्याएका हुन् ।

विभिन्न टेली चलचित्रमा अभिनय गर्दै आएका बिष्णु पछिल्लो समय गायनमा पनि सक्रिय छन् । सुवर्ण कुमार श्रेष्ठको सँगीत रहेको यो तीजको भाका हेम श्रेष्ठले तयार गरेका हुन् ।

भिडियोमा गायक बिष्णु सहित हेम श्रेष्ठ, प्रनिषा कार्की, आरती बस्नेत र कविता थापाको अभिनय रहेको छ । गीतलाई बिष्णु आफैंले तयार गरेका हुन् ।

गीतको भिडियोलाई आईप्लेक्स नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ । मोहनिष श्रेष्ठले खिचेको यो भिडियोलाई सुवर्ण कुमारले सम्पादन तथा निर्देशन गरेका हुन् ।