महालक्ष्मीस्थानमा रचनाले सुरु गरिन सुविधा सम्पन्न पार्लर


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ साउन

बिगत दुई दशक देखि ब्युटिसियन पेशामा सक्रिय बरिष्ट ब्युटिसियन रचना शाक्यले यतीबेला आफ्नो अर्को नयाँ पार्लर सञ्चालनमा ल्याएकी छिन् । ललितपुरको महालक्ष्मीस्थानमा उनले आफ्नो नयाँ ब्युटी ‘पार्लर सहारा ब्युटी होम, मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएकी हुन् ।

उनको यो नयाँ ब्युटी पार्लरको नेपाल सौन्दर्यकर्मी ब्यबसायी संघकी अध्यक्ष कमला श्रेष्ठले एक समारोहबीच उद्घाटन गरेकी छिन् । दुई दशक लामो व्युटिसियन अनुभवलाई सँगालेर हजारौंलाई सेवा दिँदै आएकी रचनाले सुविधा सम्पन्न दोश्रो पार्लर खोलेर यो पेशामा अझ आफुलाई क्रियसिल बनाएको कमलाले बताईन् । आफ्नो विधार्थी रचनाले सुविधा सम्पन्न पार्लर खोजेकोमा उनले बधाई ज्ञापन गरिन् ।

उद्घाटन समारोहमा अग्रज ब्युटिसियनहरु रश्मिला श्रेष्ठ, रुस्का श्रेष्ठ बैद्य, लक्ष्मी महत, रिना अवाले, रेणु शाक्य राना, सञ्चारकर्मी मोडल तथा गायिका सरिता भारती, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल, करलइसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेती, वादी हर्वलका सञ्चालक मुकुन्द फुयालसहित विभिन्न व्यक्तिहरुले रचनालाई नयाँ पार्लरको सफलताको शुभकामना व्यक्त गरे ।

यस अघि ललितपुरको मँगलबजारमा १९ वर्षदेखि ब्युटिपार्लर सञ्चालन गर्दै आएकी रचनाले अहिले नयाँ पार्लर सञ्चालन गरेकी हुन् । द्घाटनको अबसर पारेर उनले तीजलाई लक्षित गर्दै पार्लरका सेवामा २० प्रतिसतसम्म छुट समेत दिएकी छिन् ।

video news

 

मँगलबजारमा पार्लर सञ्चालन गरेको १९ औं वर्षिक उत्सबको अबसर पारेर आफ्ना ग्रहकको सुविधालाई मध्यनजर राख्दै अझ सेवा र सुविधासम्पन्न यो नयाँ पार्लर सहारा ब्युटी होम सञ्चालन गरेको रचनाले उद्घाटन समारोहमा बताईन् । यो नयाँ पार्लरमा हेयर केयर, स्किन केयर, बडी केयरसहित विभिन्न सुविधाहरु रहेको पनि उनले बताईन् ।