ब्युटी न्युज नेपाल
काठमाडौं, ३० साउन

सिन्धुपालचोकमा फेरी आज बिहान भिषण पहिरो गएको छ । निरन्तर अविरल वर्षासँगै आएको पहिरोमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरिएको छ भने पहिरोले पाँच घरपरिवारका स्थानीय सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

सो गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठका अनुसार आज बिहान ६ बजे स्थानीय लामाटोलबाट आएको पहिरोले घर पुरेको हो । स्थानीयहरु बिहानै देखि पुरिएकाहरुको खोजीमा जुटेका छन् ।

अहिरोले घर पुरीएका मध्ये केही घरका स्थानीय सम्पर्कमा आए पनि पाँच घरपरिवारका कोही पनि सम्पर्कमा नआएको पनि श्रेष्ठले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा प्रहरीको टोली पठाईएको छ । नेपाली सेनाको टोली पनि घटना स्थलमा पुगेको छ ।

जिल्लाको विकट बस्ती भएकाले हेलिकोप्टेरबाट पहिरोमा बेपत्ता भएकाहरुको उद्धार गरिने तयारी भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताएका छन् ।