काठमाडौं र धनुषाका २ व्यक्तिको कोरोनाबाट निधन

ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन,

कोरोना सँक्रमणबाट आज फेरी थप २ जनाको निधन भएको छ । धनुषा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको शनिबार राति मृत्यु भएको थियो ।

Posts Middle Ads (750px wide)

उनी जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकस्थित बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए ।

उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।

यता ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । १५ साउनमा अस्पताल भर्ना भएका उनी निमोनिया र मधुमेहको रोगी थिए । मृतक कलंकीको ट्याङ्ला फाँट निवासी हुन् ।

 

After Posts Ad 2 (750px wide)

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More