आज ३८० जनामा कोरोना, कुल सँक्रमित २२७९२


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ साउन

नेपालमा आज आईतबार ३८० जनामा कोरोना सक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा सो जानकारी गराए ।

पछिल्लो २४ घण्टामा देशमा ३८० जनामा कोरोना सँक्रमण पुष्टि भएको डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना सँक्रमितको कुल सँख्या २२ हजार ७९२ पुगेको छ ।

डा. गौतमका अनुसार यतीबेला ११ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै ६ हजार ५४४ जना आइसोलेशनमा रहेको पनि उनले बताए ।

प्छिल्लो २४ घन्टामा कोरोना मुक्त भएर ४० जना घर फर्केका छन् । प्रवक्ता डा गौतमका अनुसार आजसम्म कोरोना निको भएर घर फर्किनेको सङ्ख्या १६ हजार ३५३ पुगेको छ । नेपालमा हालसम्म मृत्यु हुनेका संख्या ७५ जना पुगेको छ ।