पल, सरोज र अस्मिताले भने मायाँ गरौंला


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ साउन

गायक सरोज ओलीले आफ्नो अर्को नयाँ गीत माया गरौंला…बजारमा ल्याउका छन् । यो गीतको भिडियोमा अभिनेता पल शाह र टिकटकका भाइरल कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उपे्रतीको अभिनय छ । गज्जब टिभी युट्युब च्यानल मार्फत सो म्युजिक भिडिया सार्वजनिक भएको छ ।

यस गीतको शब्द दिनेश थपलिया, संगीत आचार्य कृष्ण भारद्राज, स्वर सरोज ओली र अस्मिता अधिकारीको रहेको छ ।यस म्युजिक भिडियामा एरेन्ज जीवन बडु, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ ।

भिडियामा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर,कलर श्याम कुँवर, कोरियोग्राफि/कथा विक्रम स्वारको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् ।